फौजी किराको आतंकले स्थानीय हैरान

 भदौ २, २०७६ सोमबार १८:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – फौजी किराको आतंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय हैरान भएका छन् ।

झण्डै तीन हप्ता अघिदेखि देखा परेको फौजी किराले बालीनाली तथा वनजंगल नै सखाप पार्न थालेपछि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा,  वडा नम्बर २ डिकुवा, वडा नम्बर ३ च्यास्मीटार, वडा नम्बर ११ राजापानीलगायतका वडाका स्थानीय चिन्तित भएका हुन् ।

लाभ्रे आकारको किराले वनजंगलमा भएका साल, सल्ला, खिरुवा, खन्यू, बाख्रीघाँस, खयरको पात तथा हरेक रुखविरुवाको पालुवा र कलिलो मुन्टालाई एकैरातमा सिध्याएर उजाड बनाउने गरेको वडा नम्बर १ का वडाध्यक्ष रुद्र राईले बताउनुभयो ।

फौजी किराले जंगल नै उजाड बनाउन थालेपछि गाईबस्तु र बाख्रालाई घाँस जुटाउनै समस्या पर्न थालेको छ । रातका समयमा वा धुम्मिएको बेला सक्रिय देखिने फौजी किराले भेटेजति सबै जातको बालीनाली तथा रुखबिरुवाको पात खाइदिने गरेको स्थानीय पुष्पराज राईले बताउनुभयो ।

फौजी किराको प्रकोप नियन्त्रणका लागि उपयुक्त विधिको खोजी भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया