कश्मीर विवादबीच पाकिस्तानद्वारा सेना प्रमुखकाे कार्यकाल ३ वर्ष थप

 भदौ २, २०७६ सोमबार १९:४६:४२ | एजेन्सी
unn.prixa.net

भारतीय संविधानमा कश्मीरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत–पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सेना प्रमुखको कार्यकाल आगामी तीन वर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले सोमबार बताएका छन् । 

भारतले कश्मीरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले आफ्ना सैन्य प्रमुख जनरल कमार जाभेद बाजवाको पदावधि तीन वर्षका लागि थप्ने निर्णय गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जनरल कमार जाभेद बाजवा आगामी आगामी तीन वर्षका पुनः सेना प्रमुखका रूपमा रहनेगरी नियुक्त गरिएको छ । निर्णय क्षेत्रीय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै लिइएको छ ।'

पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन्  । यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया