निमोनिया भएपछि चेल्सीका पूर्व प्रशिक्षक सार्री अस्पताल भर्ना

 भदौ ३, २०७६ मंगलबार ७:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

चेल्सीको पूर्व प्रशिक्षक तथा युभेन्टसका म्यानेजर माउरिजियो सार्रीलाई निमोनिया भएको छ । जसका कारण उनले यो साता हुने त्रिस्टिनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

६० वर्षीय सार्रीलाई सोमबार अस्पताल भर्ना गरिएको छ । सुरुवातमा फ्लु भएको आशंकामा उनलाई अस्पताल लगिएकाे थियो । पछि उनी नियमोनियबाट संक्रमित भएको रिपोर्टबाट पत्ता लागेको हो ।

उनी निरन्तर रुपमा अस्वस्थ भएपछि युभेन्टसमा नै उनको सामान्य चेक गरिएको थियो । रिपोर्टमा उनी निमोनियाबाट गुज्रिरहेको देखिएपछि तत्काल अस्पताल लगिएको थियो ।

युभेन्टसले सिजनको पहिलो खेलका लागि शनिबार पार्मासँग खेल्नेछ । यो खेलमा सार्री टिमसँग हुन्छन् की हुदैनन् त्यो अझै एकिन हुन सकेको छैन । गएको सिजन चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका सार्री त्यसको लगत्तै युभेन्टसमा अनुबन्ध भएका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया