५० पदका लागि ४० करोड रुपैयाँ खर्च

 भदौ ३, २०७६ मंगलबार १०:२४:१२ | रासस
unn.prixa.net

काठमाण्डाै –  निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपचुनावमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र  वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त चुनावमा करिब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।

गएको साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करिब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको याे चुनावका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ ।

चुनावकाे तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया