घरमै पुगेर जनप्रतिनिधिले बाँडे वृद्धभत्ता

 असार २७, २०७५ बुधबार १६:२९:५९ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका वडा नम्बर–२, का अध्यक्ष राजेन्द्रबहादुर खड्काले आफ्नो गाउँपालिकाका वृद्धहरुलाई घरमै पुगेर बृद्धभत्ता तथा एकल महिलाभत्ता वितरण गर्नुभएको छ ।

गाउँपालिकामा रहेका वृद्ध–वृद्धाहरुलाई कार्यालयसम्म आएर वृद्धभत्ता लिन असहज भएको गुनासो बढेपछि वडा अध्यक्ष खड्का आफै भत्ता लिएर वृद्ध–वृद्धाको घर पुग्नुभएको हो । वडा अध्यक्ष खड्काले घरमै आएर वृद्धभत्ता तथा एकल महिलाभत्ता दिन थालेपछि स्थानीय वृद्ध–वृद्धाहरु निकै खुशी भएका छन् ।

वृद्ध–वृद्धाहरुलाई घरमै पुगेर रकम वितरण गर्दा सुरक्षा र सदुपयोग हुने भएकाले आफूले यस्तो कदम चालेको वडा अध्यक्ष खड्का बताउनुहुन्छ । ‘सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग नि हुने, सुरक्षित पनि हुने र वृद्ध–वृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरमै पुगेर रकम दिन थालेका छौ’, वडा अध्यक्ष खड्काले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया