मोदीको नियन्त्रणमा रहेको परमाणु हतियारबारे विश्वले गम्भीरतापूर्वक सोच्नुपर्छ : पाकिस्तान

 भदौ ३, २०७६ मंगलबार १४:२३:११ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा रहेको परमाणु हतियारबारे विश्वले गम्भीरतापूर्वक विचार गर्नु पर्ने बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमारान खानको यस्तो टिप्पणी भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतले परमाणु हतियार ‘पहिले प्रयोग नगर्ने नीति’ मा पुनर्विचार गर्नसक्ने भन्ने अभिव्यक्ति दिएपछि आएको हो । केही दिनअघि सिंहले भारत यो नीतिमा प्रतिबद्ध रहे पनि भविष्यमा परिस्थितिमा निर्भर रहने बताएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दैै भनेका छन्, ‘विश्वले भारतको परमाणु हतियारबारे सोच्नु पर्छ । किनकी यो फासीवादी तथा जातिवादी हिन्दू सुप्रिमो मोदी सरकारको नियन्त्ररमा रहेको छ । यो एउटा यस्तो मुद्दा हो जसले यस क्षेत्रलाई मात्र होइन पूरा विश्वलाई प्रभावित पार्नेछ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरानले अर्को ट्वीटमा लेखेका छन्, ‘जसरी नाजीहरुले जर्मनीमाथि कब्जा जमाएका थिए, त्यसरी नै भारतमाथि फासीवादी, जातिवादी हिन्दू वर्चस्ववादी विचारधारा र नेतृत्वले कब्जा गरेको छ । यसकै कारणले दुई हप्तादेखि भारत प्रशासित कश्मीरका ९० लाख मानिसको ज्यान खतरामा छ । यो खतराका बारेमा विश्वले थाहा पाउनुपर्छ र संयुक्त राष्ट्र संघलाई पर्यवेक्षकका रुपमा पठाउनुपर्छ ।’

उनले अगाडि भनेका छन्, उनले अगाडि भनेका छन्, ‘यो चुनौती पाकिस्तान र भारतका अल्पसंख्यकका लागि पनि छ ।  गूगल गरेर नाजी विचारधारा र जातीय हिंसा तथा आरएसएस–बीजेपीका संस्थापकबीचको विचारधाराको समानता थाहा पाउन सकिन्छ ।’

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया