पाथिभरा गोल्डकप : झापाको रेड स्टार क्लब सेमिफाइनलमा

 भदौ ३, २०७६ मंगलबार १८:४८:३० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पाथिभरा गोल्डकपको क्वार्टरफाइनलमा झापाको रेड स्टार क्लब गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा भएको थियो । रेड स्टारका जर्सी नम्बर ११ का खेलाडी योगेश गुरुङले दोश्रो हाफको ६ मिनेट तथा खेलको ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

गोर्खा स्पोर्टिङ क्लबबाट ३ जना विदेशी खेलाडी खेलेका थिए भने श्रीस्टार क्लबबाट खेल्ने पूर्ण चेम्जोङ, विजय धिमाल र अशोक खवास, मनाङ  मर्स्याङ्दीबाट खल्ने सुरज वि.के. तथा दिपक राई पनि टिममा रहेका थिए ।

रेड स्टारबाट विवश चौधरी, दिवश उराउ, निशान लिम्बूलगायतका चर्चिच खेलाडी थिए । आजकाे खेलमा म्यान अफ् द म्याच रेड स्टार क्लब झापाका किपर विवश चौधरी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आजको विजेता रेड स्टार क्लब झापा र रेड हर्स क्लब इलामबीच हुने आयोजक समितिका सह–सचिव टिकेन्द्र नेपालीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया