यस्तो छ बुधबारकाे विदेशी मुद्राको भाउ

 भदौ ४, २०७६ बुधबार ११:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुगको छ । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा पुगको छ । बुधबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा छ । कोरियन वनको १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पेसा पुगेको छ ।  

नेपाल राष्ट्र बैंकले बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८ पैसा तोकेको छ ।

यस्तै बहराइन दिनारको १ को खरिददर ३०३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा तोकेको छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया