६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा पक्राउ

 भदौ ५, २०७६ बिहिबार १४:४६:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको कोहलपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक  व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बालिका बलात्कारको आरोपमा फरार रहेका कोहलपुर नगरपालिका-११, शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाईलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पीडित पक्षले गत असार २६ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि दमाई फरार रहेका थिए ।

प्रहरीले करिब डेढ महिनापछि दमाईलाई बुधबार बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानी गाभरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेश बहादुर सिंंहले जानकारी दिनुभयो ।

गाउँकै बालिकालाई बलात्कार गरेकाे आराेपपछि फरार रहेका दमाईले आफन्तको सहयोग लिएर पीडित पक्षलाई आर्थिक प्रलोभन पारी मुद्धा मिलाउने प्रयास गर्दै आएका थिए । प्रहरीले बलात्कार जस्तो जघन्य मुद्धा मिलाउन भूमिका खेल्ने ८ जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश दमाईका आफन्त र नातागोता रहेका छन् । पक्राउ परेका दमाई यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया