तुर्कमेनिस्तानलाई हराउँदै किर्गिस्तान एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा

 भदौ ५, २०७६ बिहिबार १६:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - तुर्कमेनिस्तानलाई हराउँदै किर्गिस्तान एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा किर्गिस्तानले तुर्केमिनिस्तानलाई तीन-शून्यको सोझो सेटमा हरायो ।

लगनखेलस्थित आर्मीको कोर्टमा भएको खेलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१८, २५–१७ र २५–२२ सोझो सेटमा हरायो । पहिलो सेटदेखि नै दबाब सिर्जना गरेको किर्गिस्तानले पहिलो सेट २५–१८ ले जितेको थियो ।

दोस्रो सेटमा पनि तुर्कमेनिस्तानलाई खेलमा फर्कन नदिदै किर्गिस्तानले २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो तथा अन्तिम सेटमा पनि किर्गिस्तान तुर्कमेनिस्तानमाथि हावी हुँदै २५–२२ ले जित्न सफल भयो ।

दोस्रो सेमिफाइनलमा उज्बेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया