पासाङ ल्हामू राजमार्ग सञ्चालनमा आयाे

 भदौ ५, २०७६ बिहिबार १७:५२:२४ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट– गेर्खु खोलामा आएको बाढीले बगाएको डाइभर्सन निर्माण भएपछि बिहीबार अपराह्नदेखि पासाङ ल्हामू राजमार्ग सञ्चालनमा आएको छ । 

पासाङ ल्हामू राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका वडा नम्बर १ र १० जोड्ने गेर्खु खोलाको डाइभर्सन गए राति आएको बाढीले बगाएको थियो ।  

डाइभर्सन बगाएको कारण नुवाकोटको गेर्खु, बेत्रावती र रसुवाको यातायात ठप्प भएको थियो । गएको वर्षको भदौ ३ गते आएको बाढीले पहिलेको पुल भत्काएपछि खोलामा अस्थाई डाइभर्सन राखेर यातायात सञ्चालन गरिँदै आएको थियो । 

नयाँ पुल बनाउन गएको वर्ष नै सुरु गरे पनि अहिलेसम्म पूरा भएको छैन । 

अन्तिम अपडेट: चैत १६, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया