जब प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको रेलको ढोका खुल्यो...

 भदौ ६, २०७६ शुक्रबार ७:१२:३ | एजेन्सी
unn.prixa.net

बुधबार जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका आकस्मिक खुलेको छ । रेलमा  तीन सय ४० जना यात्रु सवार थिए । 

ढाेका नजिक कोही यात्रु नरहेकाले आकस्कि ढोका खुल्दा यात्रुहरु सुरक्षित रहे ।

तीव्र गतिमा रहेको रेलको ढोका खुलेपछि आपत्कालीन रुपमा रोकिएको थियो । उक्त रेल एउटा सुरुङभित्र १५ मिनेट रोकिएको थियो ।

रेल सफा गर्ने कर्मचारीले रेलको ढोका हातैले खोल्न सकिने एउटा उपकरण बन्द गर्न बिर्सिएका कारण यस्तो घटना भएको द इस्ट जापान रेल वे कम्पनीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

समाचारमा जनाइए अनुसार रेलको ढोका खुलेपछि चार किलोमिटरसम्म रेल गुडेको थियो । यहीबीचमा रेलको गति घटाइएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया