श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

 भदौ ६, २०७६ शुक्रबार १०:३२:१० | रासस
unn.prixa.net

भक्तपुर – आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन) लाई बिहीबार पक्राउ गरेको हो ।

रामेछाप घर भएर अहिले चाँगुनारायण नगरपालिकामा बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको शुक्रबार स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

8 Comments

  • झबिलाल भुसाल

    June 12, 2023, 7:37 a.m.

    यो त अति भयो, महिला ले जे भनेपनि कानुनी कारवाई हुने !!! पुरुस हरू त महिला का कैदी भए।!!!!

  •  0 Reply
  • Mukesh Kumar malla

    Nov. 5, 2022, 5:55 p.m.

    नेपाल प्रहरी लाई धेरै धेरै धन्यवाद श्रीमान ले श्रीमती बलात्कार गरेको मा नेपाल प्रहरी दोषी लाई पक्रन सफल 🖕🖕😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  •  0 Reply
  • बसन्त राई

    May 13, 2022, 8:12 p.m.

    सारै राम्रो काम गरेछ नेपाल poluce ले ।।।।। के भन्नू खोइ यस्ता सम्पादक लाई पनि।😠😠😠😠😠

  •  0 Reply
  • स्टेफन

    Feb. 5, 2022, 3:52 a.m.

    वाह नेपाल प्रहरी ! बधाइ छ ! हजुरहरुले जघन्य अपराधिहरु मात्रै त हो समात्न नसकेको , सानातिना त सकिहाल्नुहुन्छ हगि ! यस्ता झिनामसिनामै समय बिताउनुभएकोमा बधाइ छ !!

  •  0 Reply
  • प्रदिप कुमार साह तेली

    June 22, 2021, 11:33 a.m.

    यस्तो सामाचार न सु ने को बेस

  •  0 Reply
  • राज कुमार थापा

    June 20, 2021, 12:27 p.m.

    पृय सम्पादक, कृपया यस्तो समाचार हरू प्रकाशित गरेर,महिला हरू लाई अझै धेरै प्रोत्साहित गर्ने काम न गरि दिनु होला किनकी नेपाल मा महिला भन्दा पुरुष नै धेरै पिडित हुनु भएको, ७५% समाचार छापिने, सु‌नने अनि देखिने गरेको छ! ------ धन्यबाद

  •  0 Reply
  • Ganesh wosti

    June 11, 2021, 7:48 a.m.

    के के सुन्नु पर्छ हई

  •  0 Reply
  • योगेश

    Jan. 26, 2020, 8:04 p.m.

    हे भगवान के सुन्नु परेको यो? जुन देश मा दस महिनाका बालिका देखी असी वर्ष का वृद्धा बलात्कार गर्ने पापी लाई सज़ाय भको छैन त्यो देस मा आफनी श्रीमती लाई पनि छून नपाइने भयछ ????

  •  2 Reply

तपाईको प्रतिक्रिया