स्याङ्जामा माछा मार्ने क्रममा २ जनाको ज्यान गयो

 भदौ ६, २०७६ शुक्रबार १४:४:३३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको विभिन्न स्थानमा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

माछा मार्ने क्रममा ज्यान जानेमा हुनेमा फेदीखोला गाउँपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लिएर ज्यान गएको र थापाको माछा मारेर खोला तर्ने क्रममा खोलाले बगाउँदा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

मृतक खड्का र थापाको पोस्टमर्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । 

खड्काको घर अगाडि रहेको कुखुरे खोलामा र थापाको पुतलीबजार नगरपालिका ११ र १३ को सिमानामा रहेको गैरिजागरस्थित आँधीखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया