साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालकाे पहिलो जित, श्रीलंका २-० ले पराजित

 भदौ ६, २०७६ शुक्रबार १७:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण एसियाली फुटबल संघ (साफ) यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा भारतसँग ५० ले पराजित भएको नेपालले शुक्रबार श्रीलंकालाई २० ले हरायो ।

भारतको कल्याणीमा भएको खेलमा नेपालका लागि सशांक बोहोराले पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  ४६ औं मिनेटमा नेपालका लागि शशांक बोहोराले खेलमा अग्रता बनाए । 

श्रीलंकाले गोल फर्काउन बारम्बार नेपालको पोष्टमा प्रहार गरे पनि सफल हुन सकेन । खेलको ८३ औं मिनेटमा नेपालले दोस्रो गोल गर्न सफल भयो ।

नेपालका लागि अशिम राईले गोल गर्न सफल भए । उनी ६८ औं मिनेटमा कृष्ण यादवको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै नेपालले समूहमा तीन अंक जोडेको छ ।

यो हारले श्रीलंकाको दुई खेलमा तीन अंक भएको छ भने नेपालले श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया