विद्युतीय गाडी किन्दा अब सहुलियतमा ऋण पाइने

 असार २७, २०७५ बुधबार १९:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न सहुलियतमा ऋण दिने भएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा नविकरणीय उर्जाबाट चल्ने सवारी साधनलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ । नीतिमा नविकरणीय उर्जाबाट चल्ने गाडीलाई दिइने कर्जालाई पनि प्राथमिकता प्राप्त कर्जामा गणना गर्ने उल्लेख गरिएको छ । 

राष्ट्र बैंकले छट्याएका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । नविकरणीय उर्जाबाट चल्ने गाडी पनि प्राथमिकताको क्षेत्रमा परेसँगै अब बैंकहरुले सहुलियतमा कर्जा दिनुपर्ने हुन्छ ।

‘अब बैंकहरुले विद्युतीय गाडीलाई पनि प्राथमिकता प्राप्त क्षेत्रको रुपमा लिएर सहुलियतमा लगानी गर्नुपर्ने हुन्छ, सरकारले पेट्रिलियम गाडीको संख्या कम गराउने नीति ल्याएसँगै हामीले पनि यसलाई प्राथमिकतामा राखेका हौं’, नेपाल राष्ट्र बैंकको अनुसन्धान विमागका प्रमुख नरबहादुर थापाले उज्यालो अनलाइनसँग भन्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

9 Comments

  • रघु वन्त

    July 11, 2018, 11:14 p.m.

    यो सहुलियत बििग हाउस र धनीहरु ले बुक गरि सकेकाे हुनु पछ ।

  •  0 Reply
  • Sri Krishna Basnet

    July 11, 2018, 10:47 p.m.

    I m happy with the policy. It's save our environment and life. The interest percentage low and the process should be easy

  •  0 Reply
  • प्रकाशराज थपलिया

    July 11, 2018, 10:20 p.m.

    सफा टेम्पोको विषयमा के हुदैछ ? यो पनि वैद्युतिय सवारी हुनाले यसलाईपनी अलि प्राथमिकता दिएर सुबिधा दिनुपर्ने देखिन्छ ।

  •  0 Reply
  • Nabin

    July 11, 2018, 9:47 p.m.

    सर्बप्रथम देशमा बिजुलिको भार दोस्रो कमिशन र लगानिकर्ता लाई च्रर्को मुल्य चुकाउनु पर्ने खेल बाहेक केहि देख्दिन यो प्रोत्सानमा ।

  •  0 Reply
  • मधु सुदन खनाल

    July 11, 2018, 9:31 p.m.

    कुन साधनलाइ कति %ब्याज हो ।कुन कुन बैंकले लगानि गर्छन ?

  •  0 Reply
  • बुद्धि शर्मा

    July 11, 2018, 9:25 p.m.

    राम्रो खबर ।

  •  0 Reply
  • अनिरुद्ध

    July 11, 2018, 9:25 p.m.

    यी सब कुराको निति मात्र होईन की।व्यवहारमा ल्याउनुपर्छ।

  •  0 Reply
  • Bhawani ghimire

    July 11, 2018, 9:17 p.m.

    100% right

  •  0 Reply
  • Bimal

    July 11, 2018, 9:13 p.m.

    This is not enough to encourage electric vehicles, there has to be done much to it.....at least to start with have a huge reduction on tax rates for electric vehicles so that they could become more appealing to prospective buyers.

  •  0 Reply

तपाईको प्रतिक्रिया