भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
स्याङ्जा – चापाकोट नगरपालिका वडा नम्बर-१० मा रुख ढलेर थिच्दा खेत गोडिरहेकी एक जना महिलाको ज्यान गएको छ ।
धान खेतमा काम गरिरहेकाे समयमा अचानक बरको रुख ढलेर थिच्दा ५८ वर्षीया निनिकुमारी गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफ्नो खेतमा एक्लै धान गोडिरहेकी गाहालाई रुखले थिच्दा घटनास्थलमा नै ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।