अरुण जेटलीको निधनलाई लिएर प्रधानमन्त्री मोदीले भने- मैले एक मूल्यवान् मित्र गुमाएँ

 भदौ ७, २०७६ शनिबार १६:८:५१ | एजेन्सी
unn.prixa.net

भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा मोदी सरकारका पूर्व अर्थ मन्त्री अरुण जेटलीको ६६ वर्षको उमेरमा निधन भएको छ । 

शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको हो । जेटली पछिल्लो केही दिनदेखि खराब स्थास्थ्यका कारण अस्पताल भर्ना भएका थिए । यही कारणले उनी सन् २०१९ को लोकसभा चुनावमा उठेका थिएनन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले जेटलीका छोरा र पत्नीसँग फोनमा कुरा गर्दै शोक व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै आफूले सबैभन्दा मूल्यवान् मित्र गुमाएको बताएका छन् । मोदीले भनेका छन्, ‘भाजपा र अरुण जेटलीको अटुट सम्बन्ध थियो । एक उग्र छात्र नेताको रुपमा आपतको समयमा हाम्रो लोकतन्त्र रक्षा गर्न सबैभन्दा अघि थिए । उनी हाम्रो पार्टीका सबैभन्दा मन पराइने अनुहार बने ।’ मोदी अहिले यूएई भ्रमणमा छन् । 

त्यस्तै राष्ट्रपति रामनाथ कोविन्दले पनि ट्वीटमा लेखेका छन्, ‘श्री अरुण जेटलीको निधनले म निकै दुःखी छु । उनले दृढता र गरिमापूर्वक बिरामीपनाको सामना गरेका थिए । एक प्रखर वकिल, अनुभवी सांसद र उत्कृष्ट मन्त्रीको रुपमा उनले राष्ट्र निर्माणमा अमूल्य योगदान दिएका छन् । श्री अरुण जेटली कठिनभन्दा कठिन कामलाई शान्ति, धैर्य गहिरो समझदारीसँगै पूरा गर्ने अद्भुत सामथ्र्य राख्दथे । उनको देहावसान हाम्रो लागि निकै ठूलो क्षति हो । उनका परिवार, सहयोगीप्रति मेरो शोक समवेदना छ ।’

साथै रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह लगायत कलाकार र खेलाडीहरुले पनि अरुण जेटलीको निधनलाई लिएर शोक व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया