रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

 भदौ ८, २०७६ आइतबार ७:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका जोड्ने सडक खण्डको विभिन्न स्थानमा पहिरो गएपछि सवारी सञ्चालन रोकिएको छ । पासाङ ल्हामु मार्गको राम्चे तथा ब्राबल र धुन्चे रसुवागढी सडक खण्ड अन्तर्गत लिङलिङ, तातोपानी क्षेत्रमा पहिरो गएको हो ।

सडक खुल्न करिब २ घण्टा लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । पहिरो गएको क्षेत्रमाहरूमा जनशक्ति परिचालन गरि पहिरो पन्छाउने काम भइरहेको छ ।

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गर्छन् । यसका लागि सडक डिभिजनका कर्मचारी, नेपाल प्रहरी समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया