एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ – आइतबार देशभरको मौसम बदली भएर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभाव र मौसमी न्यूनचापीय रेखा औसतभन्दा थोरै माथि भएकाले वर्षाको सम्भावना भएको मौसमविदले बताएका छन् ।
आइतबार दिउँसो देशको पूर्वी, मध्य र सुदूरपश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ, अन्य ठाउँमा पनि सामान्य वर्षा हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
यस्तै, आइतबार राति मध्य र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अब केही दिनको मौसम यस्तै किसिमको रहने अनुमान गरिएको मौसमविद् अर्यालले बताउनुभयो ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
भदौ ८ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही ठाउँमा र मध्य तथा पूर्वका थोरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी भू–भागका केही भूभागमा भारी वर्षाको सम्भावना छ ।
राति : देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही ठाउँमा र मध्य तथा पूर्वका केही ठाउँमा मेघर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।
भदौ ९ गते (सोमबार)
दिउँसो : देशभरी सामान्य बदली रही केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । देशको पश्चिमी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभरी सामान्य बदली रही केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ्र भने पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
भदौ १० गते (मंगलबार)
दिउँसो : देशभरी सामान्य बदली रही केही ठाउँमा मेघगर्जनसहित वर्षा हुनेछ । पश्चिमी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभरी सामान्य बदली रही केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ्र भने पश्चिमी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।