भन्सार छली ल्याएका खसी बोका बरामद

 भदौ ९, २०७६ सोमबार ८:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएका खसी बोका प्रहरीले बरामद गरेको छ । कृष्णनगर सीमा क्षेत्र नजिकको गेडुवाजोतबाट प्रहरीले १ लाख ४ हजार मूल्य बराबरको खसी बोका आइतबार बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी टोलीले अवैध रुपमा भारतबाट सीमा पार गरी नेपाल ल्याइएको १३ वटा खसी बोका बरामद गरेको हो । बरामद गरिएका खसी बोका प्रहरीले पशु क्वारेन्टाइन कार्यालय कृष्णनगर बुझाएको जनाएको छ । 

ती खसी बोका लिलाम बढाबढ गरी आइतबार नै एक लाख ४ हजार रुपैयाँमा लिलाम गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका इन्चार्ज प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो । 

खसी बोका ओसार–पसारमा संलग्न रहेका व्यक्तिहरु भने सीमावर्ती भारतीय क्षेत्रतर्फ भागेर गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया