पीएसजीको लगातार दोस्रो जित

 भदौ ९, २०७६ सोमबार ८:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च लिग वन मा साविक विजेता पेरीस सेन्ट जर्मेनले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोलोउसलाई चार शून्यले हरायो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा चोउपा मोटिङले दुई गोल गरे । खेलको पहिलो हाफ रोमाञ्चक बने पनि दोस्रो हाफमा पीएसजीले एकपछि अर्को गोल गर्‍यो । ५० औं मिनेटमा मोटिङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५५ औं मिनेटमा पीएसजीले उपहार गोलमार्फत अन्तर दुई शून्यमा पुर्‍यायो ।

पाहुना टिमका गोन्साल्भेसले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे । ७१ औं मिनेटमा पीएसजीले अर्को गोलको अवसर पाएको थियो । तर एञ्जल डी मारियाले पाएको पेनाल्टीको अवसरलाई खेर फाले ।

७५ औं मिनेटमा फेरी मोटीङले हुवान बेरनटको पासमा गोल गर्दै टिमको अग्रता तीन शुन्यमा पुर्‍याए । त्यसपछि ८३ औं मिनेटमा र्माक्विनोसले गोल गर्दै पीएसजीलाई चार शून्यले अगाडि राखे । उनले मारीयाको पासको सदुपयो गरेका थिए । 

पीएसजीले स्टार खेलाडी नेयमारलाई यो खेलमा पनि बेन्चमा राखेको थियो । पछिल्लो पटक क्लब छोड्ने हल्ला चलिरहेका बेला उनी लगातार २ खेलमा टिममा स्थान बनाउन सकेनन् । यो जितपछि पीएसजीले २ खेलमा ६ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया