पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाइते

 असार २८, २०७५ बिहिबार ८:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – दुईवटा बस आपसमा ठोक्किँदा २६ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ ।

तानसेन ८ भालेबास नजिकैको घुम्तीमा बिहान ७ बजेतिर पाल्पाबाट नेपालगन्जका लागि छुटेको लु १ ख ८१२७ नम्बरको बस र भैरहवाबाट बाग्लुङका लागि छुटेको लु १ ख ७२७२ नम्बरको बस भालेबासको घुम्ती नजिक आपसमा ठोक्किएको प्रहरी जनाएको छ । 

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया