हङकङ : प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण, ३६ प्रदर्शनकारी गिरफ्तार

 भदौ ९, २०७६ सोमबार १२:५१:३६ | एजेन्सी
unn.prixa.net

हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीहरुले प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण गरेपछि प्रदर्शनले हिंस्रक रुप लिएको हो ।

प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ । प्रस्तावित ‘सुपुर्दगी विधेयक’ विरुद्ध सुरु भएको विरोध प्रदर्शनले चिनियाँ समर्थक सरकारलाई निशाना बनाएपछि यसले हिंसाको रुप लिएको हो । 

प्रदर्शनकारीहरु गएको तीन महिनादेखि सरकारको विरोधमा सडकमै छन् र यो क्रममा उनीहरुको प्रदर्शनले हिंसाको रुप लिएको छ । 

सुएन वान जिल्लाको नजिकै रहेको एक स्टेडियममा आइतबार प्रदर्शनकारीहरुले र्‍याली निकालेका थिए । पानी परेको भए पनि ठूलो संख्यामा मानिसहरु र्‍यालीमा सहभागी भएका थिए । त्यही क्रममा कट्टरपन्थी प्रदर्शनकारीहरुको एक समूहले प्रहरीलाई रोक्नको लागि सडकमा अस्थायी अवरोध सिर्जन गरे ।

र्‍यालीपछि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भयो । प्रहरीले प्रदर्शनकारीहरुको भिडलाई तितर-बितर गर्न चेतावनी दिँदै पहिला झण्डा देखायो र त्यसपछि अश्रुग्यास प्रहार गरेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया