काठमाण्डौबाट बेपत्ता भएकी किशोरीको झोला पोखरामा भेटियो

 भदौ ९, २०७६ सोमबार १५:२४:८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – चापाकोट नगरपालिका–९ स्थायी घर भएर काठमाण्डौको बसुन्धरामा बस्दै आएकी एक किशोरी तीन दिनदेखि बेपत्ता भएकी छिन् । 

गोल्डेन गेट कलेज काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया रेजिना डोटेल तीन दिनदेखि बेपत्ता भएको उहाँको परिवारले बताएको छ । गएको भदौ ७ गते शनिबार पुल्चोक इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षा दिन कोठाबाट निस्किएको उहाँको परिवारले जानकारी दिएको छ ।

शनिबार काठमाण्डौबाट हराउनु भएकी डोटेलको पोखरा महानगरपालिका–२९ र ३३ जोड्ने बागमाराको मझौरेघाट पुलमा झोलासहितका सामग्री भेटिएको रेजिनाका दाजु ब्रम्हाण्ड डोटेलले जानकारी दिनुभयो ।

आइतबार साँझ झोला र झोलासङ्गै सर्टिफिकेट, जन्मदर्तासमेत भेटिएको इलाका प्रहरी कार्यालय हंसपुर डाँडा कास्कीका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया