पहिलो पटक भिडियाे कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक, सिंगापुरबाटै मन्त्रीहरुसँग प्रधानमन्त्रीकाे संवाद

 भदौ ९, २०७६ सोमबार १३:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  भिडयाे कन्फ्रेन्समार्फत पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहनुभएकाले पहिलो पटक प्रविधिको प्रयोग गर्दै भिडियाे कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको हो । 

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, शिक्षा मन्त्री गिरिराजमणि पाेखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सञ्जार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, खानेपानी मन्त्री विना मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्री पद्माकुमारी अर्याल, शहरी विकास मन्त्री माेहम्मद इस्तियाक राई, पर्यटन मन्त्री याेगेश भट्टराईलगायत मन्त्रीहरुले सिंगापुरमा रहनुभएका प्रधानमन्त्रीसँग टेलिकन्फ्रेन्समार्फत सम्वाद गर्नुभयो । 

बैठकमा पहिलो पटक प्रयोग गरिएको प्रविधिका बारेमा मन्त्रीहरुले अनुभव साटासाट समेत गरेका थिए ।   

मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको भिडियो कन्फरेन्सिङ हलबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्वाद गरेका हुन् ।

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया