लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आठवटा राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।
खेलकुद विकास ऐन, २०४८ र खेलकूद विकास नियम, २०४९ (संशोधित) सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरेका कारण ती संघलाई खारेज गरिएको राखेपले जनाएको छ ।
खारेज गरिएका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ छन् ।