काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
भक्तपुर – पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भट्टका अनुसार राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो ।