बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
गोरखा - चट्याङले मुख्य ट्रान्सर्फमरमा क्षति पुर्याएपछि गोरखा जिल्लामा साेमबारबेलुकादेखि विद्युत आपूर्ति बन्द भएको छ ।
साेमबार साँझ परेको चट्याङले गोरखा वितरण केन्द्रको ६र८ एमभीए क्षमताकाे ट्रान्सर्फमरमा क्षति पुर्याएको हो । ३३ केभी प्रसारण लाइन जोडिएको मुख्य ट्रान्सर्फमरमै क्षति पुगेकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका इन्जिनियर कृष्ण कँडेलले बताउनुभयो ।
‘हिजोदेखि नै मर्मतको प्रयास गरेका थियौँ तर के समस्या परेको हो भन्ने पत्ता लगाउन सकेका छैनौुंँ’, उहाँले भन्नुभयो, ‘पोखराबाट थप प्राविधिक आउँदै हुनुहुन्छ, समस्या के हो भन्ने त्यसपछि मात्र थाहा हुन्छ ।’
ट्रान्सर्फमर जलेको भए नयाँ ट्रान्सर्फमर ल्याएर जडान गर्न केही दिन लाग्नसक्ने गोरखा वितरण केन्द्रले जनाएको छ । गोरखा सदरमुकामसहित आसपासका झण्डै २० हजार ग्राहक विद्युत सेवाबाट वन्चित भएका छन् । विद्युत अवरुद्ध भएका कारण यहाँबाट प्रकाशन हुने दैनिक पत्रिका प्रकाशन हुन सकेका छैनन् भने केही रेडियोको प्रसारणसमेत बन्द भएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।