बनेपामा बाढी, राजमार्ग खुलाउने प्रयास चल्दै

 असार २८, २०७५ बिहिबार १०:६:२२ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – बुधबार राती भएको वर्षाले बनेपाका विभिन्न ठाउँमा डुबान भएको छ । बनेपाको पुण्यमाता र चण्डेश्वरी खोलामा आएको बाढीले सिनागाल, उग्रेस्वोर मन्दिर परिसर, खड्पु, ढलमले, पनौती क्षेत्र डुबानमा परेको हो ।

बाढीले राजमार्गमा पर्ने पुण्यमाता खोलाको पुल छोपेपछि बिहानैदेखि बन्द रहेको सडकमा  अहिले एकतर्फी रुपमा गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ ।

यस्तै वर्षाको कारण अवरुद्ध भएको रोशी गाउँपालिकाभित्रको बिपी राजमार्ग खुलेपनी अरु ठाउँमा राजमार्ग खुलाउने प्रयास चलिरहेको प्रहरीले जनाएको छ । रोशी १२ माम्ती, ११ कालढुंगा, ९ मंगलटार र ६ चार सय वेशीमा गएको पहिरो हटाएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया