लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का

 भदौ ११, २०७६ बुधबार ७:४६:३ | एजेन्सी
unn.prixa.net

लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० यात्रुको ज्यान गएको आशङ्का गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको छ भने ४० जनाको ज्यान गएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया