बाढीले भक्तपुर र मध्यपुर जलमग्न  (तस्बिरमा)

 असार २८, २०७५ बिहिबार १०:४९:४१ | उज्यालो सहकर्मी

काठमाडाैं – हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर र मध्यपुरका धेरै ठाउँ डुबानमा परेका छन् । जगाती र बाराही वस्तीमा पानी पसेको छ । भूकम्पपीडितको शिविर पनि डुबानमा परेको छ ।

मध्यपुरथिमीका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेका छन् । डुबानमा परेका बासिन्दालाई क्रेन र डुंगाको सहायताले उद्धार गरिएको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया