सुर्खेतमा बस दुर्घटना : तीन जनाको मृत्यु, २७ जना घाइते

 भदौ ११, २०७६ बुधबार ८:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत –  सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । 

बुधबार बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो । 

ज्यान गुमाउनेको परिचय खुलेको छैन । घाइतेको भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिनुभयो ।

ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिए पनि कारण भने खुल्न सकेको छैन ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया