पाल्पा : विद्यालय जाँदै गर्दा बेहाेस भएकी १ छात्राकाे ज्यान गयाे

 भदौ ११, २०७६ बुधबार १४:५:६ | देव पचभैया
unn.prixa.net

पाल्पा – रम्भा गाउँपालिका–५, ताहुँमा एक छात्राको बेहोस भएर ज्यान गएको छ । रम्भा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत पूर्वखोला गाउँपालिका–६ हेक्लाङकी १६ वर्षीया कमला फालको बुधबार बिहान ज्यान गएको हो ।

विद्यालयका प्रध्यानाध्यापक तुल्सी अर्यालका अनुसार बिहान पौने ८ बजेतिर विद्यालयमा ट्युसन पढ्न आउने क्रममा विद्यालयनजिकै बेहोस भएकी कमलाको स्थानीय ताहु प्राथमिक केन्द्रमा उपचार सम्भव नभएपछि तानसेन लाने क्रममा बाटोमै ज्यान गएको हो । उहाँ घरदेखि झण्डै २ किलोमिटर टाढा रहेको विद्यालय हिँडेर जानु भएकाे थियाे ।  

उहाँको ज्यान गएपछि आत्तिएर रुने क्रममा उहाँका ९ जना साथीसमेत बेहोस भएका छन् । रोएर बेहोस भएका मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको विद्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया