सुर्खेत बस दुर्घटना अपडेट :  मृतकमध्ये दुई जनाको सनाखत, घाइते चार जना लखनउ रेफर

 भदौ ११, २०७६ बुधबार १९:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – बुधबार बिहान सुर्खेतमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका ३ जनामध्ये २ जनाको सनाखत भएको छ ।

एक जनाको भने परिचय नखुलेको सुर्खेत प्रहरीले जनाएको छ ।  जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना४ख ९३१७ नम्बरको बस रत्न राजमार्गअन्तर्गत  सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ एमाले मोडमा बुधबार बिहान ३ बजेर ५० मिनेटमा दुर्घटना भएको थियो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय लक्ष्मी बस्नेत र  नलगाड नगरपालिका वडा नम्बर ७ की हजारी बादीको मात्र परिचय खुलेको छ । चालक र सहचालक सामान्य घाइते भएको र उनीहरु प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सामान्य घाइते भएकाले सल्यान कुपिण्डे दह नगरपालिका ११ का चालक खिमबहादुर बिकलाई स्थानीय मेडिकलमा उपचारपछि प्रहरीमा नियन्त्रणमा लिइएको डीएसपी रवि रावलले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई भारतको लखनउ रेफर गरिएको प्रहरीले जनाएको छ ।

बसमा ३२ जना यात्रु रहेको प्रहरीले जानकारी दिएको  छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया