बाढी र पहिरोले बन्द अरनिको तथा वीपी राजमार्ग खुल्यो

 असार २८, २०७५ बिहिबार १३:५०:३० | रासस
unn.prixa.net

काभ्रे – बाढीका कारण अवरुद्ध अरनिको र वीपी राजमार्ग सञ्चालन भएको छ । 

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र वीपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । 

यसैबीच, नमोबुद्ध नगरपालिका–६, खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६, खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया