महिला वडा सदस्यको तिज सन्देश : भड्किलो नबन, रातो लगाउ, विदेशबाट फर्क (भिडियो)

 भदौ १३, २०७६ शुक्रबार १३:४०:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – केही वर्षदेखि तिज भड्किलो हुन थाल्यो भनेर गुनासो बढिरहेको छ । नाचगान र खानपिनमै विकृति विसंगति बढेको भन्दै पुराना पुस्तामा चिन्ता थपिएको छ । तर यस्ता विकृति, विसंगति हटाउन र समाजमा सकारात्मक सन्देश दिन ठाउँठाउँबाट अभियान पनि सुरु भएको छ ।

काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ले यस्तै अभियान गर्दै आएको छ । पोहोरजस्तै यसवर्ष पनि वडाले तिजको मौलिक परम्परा जोगाउनको लागि सन्देश दिंदै दर खाने कार्यक्रम आयोजना गरेको हो ।

मंगलबार भएको कार्यक्रममा जनचेतनामुलक नाटक पनि प्रदर्शन गरिएको थियो । वडा सदस्य श्रुती मालीको लेखन र निर्देशनमा भएको नाटकमा तिजको बेला गरगहना प्रदर्शन लगायतका भड्किलो व्यवहार नगर्न सन्देश दिइएको छ । 

यस्तै स्वदेशमै रोजगारीका सम्भावना बढेकाले वैदेशिक रोजगारीबाट फर्कन पनि आह्वान गरिएको छ । एकल महिलालाई रातो पहिरनमा सजिन पनि नाटकमार्फत सन्देश दिइएको छ । ‘म पनि एकल महिला हो, समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भनेर मैले नाटक प्रदर्शन गरेको हुँ’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया