रक्सीपछि बिहारमा अब पान मसलामा पनि प्रतिबन्ध

 भदौ १४, २०७६ शनिबार ११:३१:१० | एजेन्सी
unn.prixa.net

बिहार सरकारले रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै नीतीश कुमारको सरकारले यस्तो फैसला लिएको हो । 

बिहारमा हर किसिमका पान मसलामाथि राज्य सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो । नीतीश कुमारको सरकारले पान मसलामा १२ महिनाको लागि प्रतिबन्ध लगाएको हो । 

शुक्रबार बसेको स्वास्थ्य विभागको उच्चस्तरीय बैठकपछि यो निर्णय लिइएको हो । यसअनुरुप अब बिहारमा पान मसलाको बिक्री, उत्पादन, भण्डारण, सेवन र ओसारपसारलाई अवैध मानिनेछ । 

बिहारका विभिन्न जिल्लामा प्राप्त पान मसलाको नमुना परीक्षणका क्रममा म्याग्नेसियम कार्बाेनेटको मात्रा पाइएपछि प्रतिबन्ध लगाइएको हो । म्याग्नेसियम कार्बोनेटबाट मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका समस्या निम्तिने गर्दछ । 

बिहार सरकारले तीन वर्षअघि रक्सी पूर्ण रुपमा प्रतिबन्ध गरेको थियो भने अहिले आएर पान मसलामा पनि प्रतिबन्ध लगाएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • Ekraj Dhamala

    Aug. 31, 2019, 11:50 a.m.

    यो सार्है राम्रो काम गरेछ यति भयपछी नेपालमा पनि स्कुल र विभिन्न सरकारि कार्यलको भित्तामा अब पानको थुकेको कत्ला न देखिने भयो नेपाली पान पसले ले अरु बिकल्प बेलैमा खोजेको राम्रो

  •  0 Reply
  • Pradip Chauhan

    Aug. 31, 2019, 11:47 a.m.

    Nepal should also implement.

  •  0 Reply

तपाईको प्रतिक्रिया