चालसम्बन्धी न्यूटनको तेस्रो नियम असफल भएको नेपाली युवा वैज्ञानिक थापाको दावी

 असार २८, २०७५ बिहिबार १६:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालका युवा वैज्ञानिक राजकुमार थापाले चालसम्बन्धी न्यूटनको तेस्रो नियममा त्रुटि भएको अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउँदा पनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहीबार रिपोर्टर्स् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दुई वर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरी चालसम्बन्धी न्यूटनको तेस्रो नियममा त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।

उनका अनुसार, ‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्वारा आयोजित हालै सम्पन्न भएको Pure and Applied Physics 2018  नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्वीकार भएको थापाको दाबी छ । 

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफलभएको पनि उनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकति पनि सहयोग नपाएको थापाले बताए ।

युवा वैज्ञानिक थापाले भने, ‘मेरो यो अभियानलाई अन्तर्राष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गुनासो शिक्षामन्त्रीसमक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाइनँ, एकदमै दुःख लागेको छ ।’

थापाले अघि थपे, ‘मैले करिब दुई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहँुच भएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउँदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राजकुमार थापाका सहयोगी मोहन विकले देशको विकासका लागि परेका यस्ता व्यक्तिलाई सरकारले सहयोगको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँमोड र सिद्धान्त दिने यस्तो सिर्जनशील युवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनि मात्र विश्वमा चिनाउन सक्छ ।

त्यसैगरी राष्ट्रवादी विद्यार्थी संघका सचिव अनिल थारुले सरकारको पर्याप्त सहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्य नभएर विदेसिनुपर्ने वातावरण भएको बताए । यसको लागि उनले सरकारलाई दबाब दिन आग्रह गरे ।


 

अन्तिम अपडेट: चैत ४, २०८०

6 Comments

  • Yubaraj phuyal

    Aug. 11, 2018, 9:55 p.m.

    Newton's third law of motion is universally accepted and nobody can't change it if ur trying to change it than its ur nonsence because it is scientifically proved and it is also prove through the experiment ......so plz don't think it is wrong acc. To newton's 3rd law of motion "in every action there is always equal and opposite reaction " so it is not logic law ...nowadays many many instruments are making using this law ....for eg. Rocket ,missile ,plane ,helicopter, satellite ,so many ....so plz don't walk behind it ...and u can't make the scientists like newtons or einstine because they are our god

  •  0 Reply
  • Thulung Rai

    July 22, 2018, 11:50 a.m.

    Please mention the error that you spotted in third law of motion.

  •  0 Reply
  • RK Rimal

    July 14, 2018, 6:52 a.m.

    Will you please provide the paper you provide that you presented in Australia.

  •  0 Reply
  • Shreelal sah from Prastoka Bara Nepal

    July 13, 2018, 5:48 p.m.

    yo samachar sune r t hami lae jhishing lagyo , khai sarkar ttha sambandhit nikay, k tpaee haru samchar padhanu r suannu hunna yedi ho vane tapaee sabaile yesto soch va ako yuwa laee chautarfi sahyog garnu paryo.. thanks

  •  0 Reply
  • Ali Ali Baigyaanik

    July 13, 2018, 4:36 a.m.

    This is not how Science works! If you are sure about proving Newton wrong, publish it first, I'm pretty sure that if you claim is right, Nature or Science will publish this research! You should know well enough that publishing a news on Ujyalo is not going to give you recognition, publish the research and the government doesn't even have to do anything, you will have fame over night. It's Isaac Newton for sciences sake! Prove him wrong and youre immortal in the realm of Science. This is just plain nonsense!

  •  0 Reply
  • सुदिप नेपाल

    July 12, 2018, 5:37 p.m.

    सरकारलाई आफन्तको मेडिकल कलेजलाई कसरी संम्बन्धन दिने र डा के.सि. लाई कसरी चुप लगाउने भन्ने कुरा सोच्दै ठिक्क छ।अब यस्तो प्रतिभालाई प्रोत्साहन गर्ने त कहिले हो कहिले !

  •  0 Reply

तपाईको प्रतिक्रिया