भारतकाे असम राज्यका १९ लाख बढी नागरिकले आफू भारतीय भएकाे पुष्टि गर्नुपर्ने

 भदौ १४, २०७६ शनिबार १२:२४:३३ | एजेन्सी
unn.prixa.net

भारतको असममा रहेका १९ लाखभन्दा धेरै नागरिकले आफू भारतीय रहेको पुष्टि गर्नुपर्ने भएको छ ।

नेशनल सिटिजन रजिष्टर (एनआरसी) शनिबार प्रकाशित गरेको अन्तिम नामावलीमा १९ लाख ६ हजार ६ सय ५७ जनाको नाम छुटेपछि उनीहरुले आफू भारतीय नागरिक भएको पुष्टि गर्नुपर्ने भएको हो ।

अन्तिम नामावलीमा रहेका ३ करोड ११ लाख २१ हजार ४ जनामध्ये १९ लाख ६ हजार ६ सय ५७ जनाको आवश्यकता कागजात नभएपछि उनीहरुको नाम हटाइएको एनआरसीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । असमका मुख्यमन्त्री सर्बानन्द सोनोवालले अन्तिम नामावलीमा नाम नपरेकाहरुलाई नागरिकता प्रमाणित गर्न थप मौका दिने बताए ।

उनीहरुलाई ६० दिन बढाएर १ सय २० दिनभित्र वैदेशिक ट्राइब्यूनल अपिल गर्ने समय थपिएको मुख्यमन्त्री साेनाेवालले जनाए । अन्तिम नामावलीमा लाखौं व्यक्ति छुटेपछि आन्दोलन हुन सक्ने भन्दै असममा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । केही ठाउँलाई संवेदनशिल घोषणा गरिएको छ ।

असममा अवैध रुपमा बसेका नागरिक पहिचान गर्न भारत सरकारले असमबासीसँग आफू भारतीय भएको पुष्टि हुने कागजात मागेको थियो ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया