जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
रोल्पा – तिज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ ।
श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको ज्यान गएको हो ।
हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।
वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए-नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।