कालीकाेट: राष्कोट नगरपालिकामा एम्बुलेन्स सेवा सुरु, अन्य पालिकामा पनि छिट्टै सुरु हुने

 भदौ १५, २०७६ आइतबार १३:४२:४५ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - राष्कोट नगरपालिकाकाे ९ वटै वडाहरुमा सडक बिस्तार भएपछि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

मेयर कासिचन्द्र बरालले बताउनु भयो ।

ग्रामीण भेगमा सुविधा सम्पन्न अस्पताल नभएकाले बिरामीहरुलाई  स्ट्रेचर र डोकोमा बोक्नुपर्ने समस्यालाइ मध्यनजर गर्दै छिटो छरितो सेवाको लागि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन बजेट विनियोजन गरेको थियो । पहिलो वर्ष सडकलाई प्रथामिकतामा राखेको नगरपालिकाले यो वर्ष एम्बुलेन्स खरिद गरेको हो ।

अब यहाँका बिरामीले सार्वजनिक यातायातका कुर्नुपर्ने समस्याको अन्त्य भएको नगरपालिकाका मेयर कासिचन्द्र बरालले बताउनु भयो । एम्बुलेन्स खरिद गर्दा नियमानुसार राजस्व छुट गरी १० लाख ९८ हजारमा खरिद गरिएको उहाँले जानकारी दिनुभयाे ।

यसअघि नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुत्केरी बेथा लागेर थलिएका महिलाहरुलाइ जिल्ला अस्पताल लैजाँदा नगरपालिकाले आफ्नै गाडी प्रयोग गर्दै आएको थियो । अस्पताल लैजाँदा गर्दा बाटोमै बच्चा जन्मिने, रक्तस्राव हुने र बिरामीलाई स्ट्रेचरमा बोक्नु पर्ने बाध्यता हटाउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।

स्थानीयकाे आर्थिक अवस्था हेरेर एम्बुलेन्सको शुल्क निर्धारण गरिने नगरपालिकाले जनाएको छ । रकम तिर्न सक्नेलाई सशुल्क र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निशुल्क सेवा प्रवाह गरिने मेयर बरालले बताउनु भयो । नगरपालिकामा स्वास्थ्य सेवा दिन नगरपालिकाले फार्मेसी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

यहाँका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले पनि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पलाँता गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिका एम्बुलेस खरिदको प्रक्रियामा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया