विकासका बाधकलाई सरकारले निस्तेज पार्छ, काम नगर्ने ठेकेदारका दिन गए: मन्त्री अर्याल

 भदौ १५, २०७६ आइतबार २०:३०:१५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने र गुण्डागर्दी गर्दै हिँड्नेलाई हटाइने चेतावनी दिनुभएको छ ।

सम्झौता गरेर काम नगर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन्, सरकारले सार्वजनिक खरिद ऐन संशाेधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भन्नुभयो।

अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गर्नुभयो । पछिल्ला समय सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मूल्यांकन जनताले गर्ने बताउनुभयाे । उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गीत प्रतियोगितामा मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याइने योजनाका साथ अगाडि बढेको उहाँले बताउनुभयो ।

‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमस्टेहरुको परिचालन गर्ने हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस्,मुल्यांकन गर्नुस्, परिर्वतन र बदलाव आँफै देख्नुहुन्छ।’

अन्तिम अपडेट: फागुन २८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया