शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
सर्लाही – नक्कली तमसुक बनाएर सर्वसाधारण ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–१० का ५६ वर्षीय कृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका हुन् ।
आइतबार साँझ साह आफ्नै घर मंलगवा नगरपालिका १० बाट पक्राउ परेका हुन् । सर्लाही जिल्ला लालबन्दी नगरपालिका–४ की रुक्मणी चौधरीले नक्कली तमसुक बनाएर मिटर ब्याजदरमा साहले ऋण असुली गरेको निवेदन देएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक मोहनचन्द्र भट्टराइले जानकारी दिनुभयो ।
साहले आफ्नो नामबाट भन्दा पनि नातेदार, ज्वाइँछोरी, श्रीमती, सासु, साला, जेठानको नामबाट सर्वसाधरणलाई ऋण लगानी गरेको देखिएको छ । जिल्ला अदालत सर्लाहीले साहसँग विभिन्न मितिमा ऋण लिएर ऋण नतिरेको आरोपमा ४० जनालाई प्रकाउ पुर्जी जारी गरेको अभिलेख शाखाका नासु दिनेश मिश्रले जानकारी दिनुभयो ।
अदालतले पक्राउ पूर्जी जारी गरेकामध्ये दुई जना पक्राउ परेका छन् । अन्य ४० जना ऋणीलाई पनि जिल्ला अदालत सर्लाहीले प्रकाउ पूर्जी जारी गरिसकेको छ । पीडित ऋणीले साहले ऋण लिने बेलामा दुई किसिमको तमसुक बनाउने गरेका बताएका छन् ।
तीन वर्ष अघि एक लाखको तमसुक बनाएका साहले अहिले पाँच लाख माग दाबीसहित जिल्ला अदाततमा रिट निवेदन दिएका छन् । साहको ऋणको कारण आफ्नो उठिबास लागेको हरिपुर–७ का पीडित सुमित्रा चौधरीले गुनासो गर्नुभयो । साहले ऋण उठाउन बेला–बेलामा डर धम्की दिने गरेको पीडितको भनाइ छ ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।
Prem Prasad Subedi
Sept. 2, 2019, 2:30 p.m.हाम्रो न्यायलयमा कति सम्म बेथिती तथा भ्रष्ट मान्छेहरु छन भन्ने कुराको उदाहरण हो यो घटना । पिडक श्याम परदेशी शाह कलवारले गरिब जनताको खुन पसिना चुस्न सम्म चुसेपछि पनि नपुगेर लिएको ऋण भन्दा कैयौं गुना बढीको तमुसक गरि गरिब किसान मजदुर लाई घरबार मात्रै बनाएनन्, आत्महत्या गर्न समेत बाध्य बनाएका रहेछन । उनले बनाएको कथित तमसुक जसको आधारमा न्यायलयले गरिब जनतालाई दोशी ठहरायो, एकपल्ट ति गरिब जनताले लिएको भनिएको ऋणको साच्चै लिएका हुन कि होईनन, ति गरिबलाई तेतिका १ करोड सम्म कर्जा दिने कलवारको नियत केहो भन्ने तर्फ अध्ययन, बिष्लेशण गर्न आवश्यक ठानेन् । हाम्रा वकिल हरुले के सिके त्यस्तो कि पिडितलाई न्याय नदिने गरि पिडकको लागी दमदार वकालत गर्ने ? यो सबै प्रकृयामा सरासर श्याम प्रदेशीले पहुंच र पैसा को प्रभावमा पारेको छ सबैलाई । सरकारले तुरुन्तै न्यायिक समिती गठन गरि निज श्याम परदेशीलाई केन्द्रमा झिकाई अनुसन्धान थाल्नु पर्दछ । अन्यथा देशमा न्यायको सधैं हार हुनेछ, गरिब जनताको बिकल्प भनेको आत्महत्या मात्रै हुनेछ ।