दाङमा बस दुर्घटना, १५ जना घाइते

 भदौ १६, २०७६ सोमबार १९:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा यात्रु बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तु जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गढवा–१, जुरौनीमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा ४ जना यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा ४५ यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी नै छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया