पाल्पा बस दुर्घटना : ३ जना गम्भीर घाइतेलाई काठमाडौं लगियो

 असार २८, २०७५ बिहिबार १९:२४:२१ | देव पचभैया

पाल्पा – बिहीबार  बिहान  पाल्पामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका तीन जनालाई थप उचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

तानसेन नगरपालिका –८, भालेवासमा भएको बस दुर्घटनाका गम्भीर घाइतेहरु विष्णुबहादुर मल्ल, उमामाया रेग्मी र बिमला पराजुलीलाई  काठमाडौंको वीर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अन्य घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमै उपचार भइरहेको छ ।

दुई वटा बस आपसमा ठोक्किँदा २६ यात्रु घाइते भएका थिए ।  तानसेन बाट नेपालगञ्जका लागि छुटेको लु १ ख ८१२७ नम्बरको बस र भैरहवाबााट बाग्लुङगका लागि छुटेको लु १ ख ७२७२ नम्बरको बस तानसेन ८ भालेवास निरको घुम्तीमा ठोक्किएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया