बेथी नदीमा बेपत्ता तीनमध्ये एक जनाको शव फेला

 भदौ १७, २०७६ मंगलबार ९:२९:५२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – तिजको अवसरमा सोमबार बिहान स्थानीय नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव मंगलबार बिहान फेला परेको छ । 

बोपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव नदी किनारमा पानीमा तैरिएको अवस्थामा फेला परेकोे प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताउनुभयो । 

शुद्धोधन गाउँपालिका –६ को वेथी नदीको वेलभरिया सन्तघाटमा स्थानीय १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुश्बु रैदास र २५ वर्षीय तारामती कोहार सोमबार बिहान बेपत्ता भएका थिए । 

बेपत्ता बाँकी २ जना ८ वर्षीया खुश्वु रैदास र २५ वर्षीया तारामति कोहारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया