अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालनमा

 भदौ १७, २०७६ मंगलबार १०:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – वर्षाका कारण अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । 

गएको शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग सोमबार बेलुकादेखि सञ्चालनमा आएको हो । राजमार्गको कचाली खोला नजिकै र जाल्या बगरमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकाएको पहलमा राजमार्ग सञ्चालनमा आएको हो । सानो पानी पर्ना साथ यहाँको राजमार्ग दिनहुँ जसो बन्द हुने गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया