च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी, पहिरो र डुबानबाट हुने स्वास्थ्य समस्या समाधानका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बाढी, पहिरो र डुबानबाट रोगको प्रकोप फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन मातहतका सबै निकायलाई निर्देशन दिइएको जानकारी दिनु भएको हो ।
मन्त्रालयले विदामा नबसी बाढी, पहिरो र डुबान पीडितहरुलाई सहयोग गर्न पनि मातहतका कर्मचारीलाई सचेत गराएको छ । सहसचिव बुर्लाकोटीले वर्षाको यो विषम परिस्थितिमा अस्पताललगायतका अति संवेनदशील क्षेत्रमा बन्द, हडताल जस्ता कुनै पनि गतिविधि नगर्न पनि सचेत गराइएको स्पष्ट पार्नु भयो ।
स्वास्थ्य मन्त्रालयले विपदमा परेकाहरुलाई राहत दिन जिल्ला, जिल्लामा स्वास्थ्यकर्मी र औषधिको थप व्यवस्था गरिएको पनि जनाएको छ ।
मन्त्रालयले मातहतका सबै निकायमा पठाएको परिपत्रमा प्राकृतिक विपदका बेला नागरिकको सेवामा नजुटने कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।