बेलायतमा समयअघि नै आम चुनाव गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत

 भदौ १९, २०७६ बिहिबार ७:१८:१४ | एजेन्सी
unn.prixa.net

बेलायतमा समयअघि नै आम चुनाव गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ ।

बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा आम चुनावको पक्षमा दुई तिहाइ मत ल्याउन नसकेपछि प्रधानमन्त्री जोनसोनको प्रस्ताव अस्वीकृत भएको हो ।

प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९८ र विपक्षमा ५६ मत खसेको थियो । प्रस्ताव पारित हुन सदनको दुई तिहाइ अर्थात् ४ सय ३४ मत ल्याउन आवश्यक रहेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमचुनाव गर्न प्रस्ताव गर्नुभएको थियो । बुधबार सांसदले सहमति बिनाको ब्रेक्जिटलाई रोक्ने विधेयक पारित गरेपछि आमचुनावका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव पेस गरेका थिए ।

यसअघि सांसदहरूले सहमति बिनाको ब्रेक्जिट रोक्नेसम्बन्धी विधेयक पारित गरेका थिए ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया